Wednesday 16 October 2013

नगरकोट–धुलिखेल पर्यटन मार्ग अलपत्र




नगरकोट–धुलिखेल पर्यटन मार्ग अलपत्र
भक्तपुर- पर्यटन वर्ष–२०११ लाई सफल बनाउन पर्यटकीय क्षेत्रलाई स्वच्छ एवम् सफा बनाई पर्यटकीय मार्गको विकास र संरक्षण गर्न निर्माण गरिएको नगरकोट धुलिखेल पर्यटन मार्ग अहिले अलपत्र परेको छ।
नेपाल पर्यटन तथा पर्यावरण आधारशिला (नेटिफ)ले पर्यटन वर्षलाई सफल बनाउन सञ्चालन गरेको वातावरण संरक्षण अभियानसहित निर्माण गरेको पर्यटन मार्गको संरक्षण नहुँदा अहिले यो मार्ग अलपत्र परेको हो।

 नेटिफले पर्यटन मार्ग, पर्यटन विश्रामस्थल, फोहोर सङ्कलन स्थललगायत विभिन्न पूर्वाधारसमेत निर्माण गरेपनि अहिले यसको संरक्षण नहँुदा पर्यटन मार्ग अलपत्र परेको हो।

नगरकोटलाई गन्तव्य बनाई नगरकोटबाट धुलिखेलसम्म जाने पदमार्ग वातावरणका लागि फोहोर फाल्ने डम्पिङ साइटसमेत ठाउँठाउँमा निर्माण गरेको थियो।

पैदलमार्ग जाने पर्यटकलाई सहज बनाउन पदमार्ग चिह्न, गन्तव्य चिह्न, स्थानीय ठाउँदेखि पुग्ने ठाउँसम्मको नक्सा, वातावरण संरक्षणका लागि लेखिएका नारा र पक्की विश्रामस्थल, चोकचोकमा निर्माण गरेको थियो।

चिसापानीदेखि नगरकोट हँुदै धुलिखेलसम्मको करिब २६ किमी पदमार्गमा राखिएका यस्ता पूर्वाधारले स्वदेशी तथा विदेशी पर्यटकलाई यात्रामा धेरै सहज बनाउने लक्ष्यका साथ राखिएको नेटिफका अध्यक्ष अरुण श्रेष्ठले बताए।

नगरकोट नाल्दुम पर्यटन विकास समितिका सचिव दीपक लामिछानेले यहाँ निर्माण गरिएको पदमार्गको लागि पहल भइरहेको बताए।

No comments:

Post a Comment