Tuesday 15 October 2013

नेपाल भित्रिने रेमिट्यान्स ५० प्रतिशतले बढ्यो

  विदेशमा काम गर्ने नेपाली कामदारले पठाउने रेमिट्यान्स पछिल्लो एक महिना भित्र रेमिट्यान्स ५० प्रतिशतले बढेको छ ।
गएका वर्षहरुमा जस्तै यो वर्ष पनि दशैंको बेला रेमिट्यान्स करिब ५० प्रतिशतले बढेको आइएमईका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले जानकारी दिनुभयो ।
मासिक रुपमा झण्डै ४० अर्बको रेमिट्यान्स भित्रिने गरेकोमा अहिले दशैंको समय भएकाले असोजमा ६० अर्ब भन्दा धेरै रेमिट्यान्स भित्रिएको उहाँले बताउनुभयो । गत वर्ष पनि दशैंको समयमा ५० प्रतिसतले नै रेमिट्यान्स बढेको थियो ।
यो वर्ष डलरको भाउ पनि बढेकोले वर्षको सुरुदेखि नै रेमिट्यान्स बढेको छ । साउन महिनामा रेमिट्यान्स २४ प्रतिशतले बढेर ४२ अर्ब ७ करोड भित्रिएको थियो ।
यो महिनामा दशैं पनि परेको र डलरको भाउ पनि बढेको समय भएकोले सबै तथ्यांक आउँदा पोहोरको दशैमा भन्दा रेमिट्यान्स बढेको नै हुने आइएमईका सिइओ पोखरेलले बताउनुभयो । बिदेशमा रहेका नेपाली कामदार वर्षेनी साँढे ४ खर्ब पैसा नेपाल पठाउने गर्छन् । तर त्यसको करिब ९८ प्रतिशत रकम उपभोगमा खर्च हुने गरेको छ ।
दशैंका बेला भित्रिएको थप पैसा पनि मुख्यतया उपभोगकै लागि प्रयोग हुन्छ ।
यसैबिच दशैं मनाउन करिब ५० हजार नेपाली बिदेशबाट घर फर्किएका छन् । खाडी र मलेसियामा रोजगारीमा गएका मध्ये करिब ३० हजार र अरु मुलुकबाट करिब २० हजार नेपाली दशै मनाउन घर फर्किएको अध्यागमन कार्यायले जनाएको छ ।
सामान्य अवस्थामा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट दैनिक १८ सय नेपाली जाने र ५ सय नेपाली फर्कने गरेकोमा दशैंको समयमा फर्कनेको संख्या दैनिक १५ सयसम्म रहेको कार्यालयले जनाएको छ ।
रोजगारीका लागि खाडी र मलेसियामा २२ लाख सहित अन्य मुलुकमा काम तथा पठाइएको उद्देश्यले गएका गरि झण्डै ४० लाख नेपाली देश बाहिर छन् ।

नेपाल भित्रिने रेमिट्यान्स ५० प्रतिशतले बढ्यो
 
कैलाश कटवाल / काठमाडौं, असोज २८ – विदेशमा काम गर्ने नेपाली कामदारले पठाउने रेमिट्यान्स पछिल्लो एक महिना भित्र रेमिट्यान्स ५० प्रतिशतले बढेको छ ।
गएका वर्षहरुमा जस्तै यो वर्ष पनि दशैंको बेला रेमिट्यान्स करिब ५० प्रतिशतले बढेको आइएमईका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले जानकारी दिनुभयो ।
मासिक रुपमा झण्डै ४० अर्बको रेमिट्यान्स भित्रिने गरेकोमा अहिले दशैंको समय भएकाले असोजमा ६० अर्ब भन्दा धेरै रेमिट्यान्स भित्रिएको उहाँले बताउनुभयो । गत वर्ष पनि दशैंको समयमा ५० प्रतिसतले नै रेमिट्यान्स बढेको थियो ।
यो वर्ष डलरको भाउ पनि बढेकोले वर्षको सुरुदेखि नै रेमिट्यान्स बढेको छ । साउन महिनामा रेमिट्यान्स २४ प्रतिशतले बढेर ४२ अर्ब ७ करोड भित्रिएको थियो ।
यो महिनामा दशैं पनि परेको र डलरको भाउ पनि बढेको समय भएकोले सबै तथ्यांक आउँदा पोहोरको दशैमा भन्दा रेमिट्यान्स बढेको नै हुने आइएमईका सिइओ पोखरेलले बताउनुभयो । बिदेशमा रहेका नेपाली कामदार वर्षेनी साँढे ४ खर्ब पैसा नेपाल पठाउने गर्छन् । तर त्यसको करिब ९८ प्रतिशत रकम उपभोगमा खर्च हुने गरेको छ ।
दशैंका बेला भित्रिएको थप पैसा पनि मुख्यतया उपभोगकै लागि प्रयोग हुन्छ ।
यसैबिच दशैं मनाउन करिब ५० हजार नेपाली बिदेशबाट घर फर्किएका छन् । खाडी र मलेसियामा रोजगारीमा गएका मध्ये करिब ३० हजार र अरु मुलुकबाट करिब २० हजार नेपाली दशै मनाउन घर फर्किएको अध्यागमन कार्यायले जनाएको छ ।
सामान्य अवस्थामा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट दैनिक १८ सय नेपाली जाने र ५ सय नेपाली फर्कने गरेकोमा दशैंको समयमा फर्कनेको संख्या दैनिक १५ सयसम्म रहेको कार्यालयले जनाएको छ ।
रोजगारीका लागि खाडी र मलेसियामा २२ लाख सहित अन्य मुलुकमा काम तथा पठाइएको उद्देश्यले गएका गरि झण्डै ४० लाख नेपाली देश बाहिर छन् ।

No comments:

Post a Comment