Sunday 30 September 2012

बिरामी परेपछि आधा दर्जन राउटे बसाइँ सरे





सल्यान, १४ असोज । सल्यानको फलावाङ गाविस-३ को खातखोलामा केही महिना अघिदेखि बस्दै आएका राउटेहरुले बसाइँ सरेका छन् ।

राउटेहरुलाई ज्वरो आउने टाउको दुख्नेलगायतका समस्या देखिएपछि उक्त ठाउँ नफापेको भन्दै उनीहरु सल्यानकै छायाँक्षेत्र गाविस-३ मा रहेको जङ्गलमा आइतबार बसाइँ सरेका हुन् ।

ूहामीलाई यो ठाउँ फापेन त्यही भएर अर्को ठाउँमा सर्न लागेका हौँू मुखिया मैनबहादुर शाहीले रासससँग कुरा गर्दै भन्नुभयो ूराउटे समुदायमा कसैको मृत्यु भएमा वा बिरामी भएपछि बसेको ठाउँ छाडेर अर्को ठाउँमा जाने परम्परा छ ।ू

ज्वरो आउने टाउको दुख्नेलगायतका समस्याबाट पीडित भएका राउटे हिँड्न नसकेपछि अरु राउटेहरुले बोकेर सडकसम्म ल्याइपुर् याएका थिए ।

एकलाई भने दुवै खुट्टामा चोटपटक लागेपछि बोकेर ल्याएको बताउँदै हरिबहादुर शाहीले भन्नुभयो ूहामीलाई यो ठाउँ नफापेर यस्तो भएको हो त्यसैले यो ठाउँ छाडेका हौं अर्को ठाउँमा बसेपछि सबै राम्रो हुन्छ ।ू

बस पर्खेर बसेका राउटेलाई देखेर पनि बसहरु रोक्न नमानेपछि उनीहरु सडक नै बन्द हुनेगरी लाइनमा बसेका थिए । स-साना केटाकेटी महिलाहरु बसभित्र बसेपछि बान्ता हुन्छ भन्दै उनीहरु बसको छतमा बसेका थिए ।

औषधि गरेर रोग निको नहुने बरु कुलदेउता रिसाएर यस्तो भएको मुखिया मैनबहादुर शाहीले बताउनुभयो । ूऔषधि खाएमा कुलदेउता रिसाउँछन् झारफुक गरेर ठीक पार्नुपर्ला ।ू

उनीहरु चिसोका कारण बिरामी परेको आशंका गरिएको छ । बिरामी भएर थला परेका राउटेहरुलाई छतमा पुर् याउँदाको दृश्यले यात्रुहरुलाई समेत भावुक बनाएको थियो ।

केही समयअघि एकै ठाउँमा बस्दै आएका राउटेहरु अहिले दुई ठाउँमा बस्दै आएका छन् । आधा राउटे दाङ र सल्यानको सिमानामा पर्ने जङ्गलमा बस्दै आएका छन् भने बाँकी फलावाङ्गको खातखोलामा बस्दै आएका थिए